कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन भोलि, भोट हाल्न परिचय खुल्ने कागजात चाहिने


पालिका पत्र

२६ माघ २०८०, शुक्रबार १७:५१ मा प्रकाशित

बाणगङ्गा, माघ २६ । 
कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन भोलि शनिवार हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि मतदान हुने निर्वाचन समितिले जनाएको छ । भोट हाल्नका लागि मतदाताले आफ्नो परिचय खुल्ने नागरिकता, मतदाता परिचय, लाइसेन्स वा बलियो व्यवसायीको आधार कार्ड चाहिने जनाईएको छ ।

मतदानको लागि तयारी अन्तिम चरणमा पुगेको र भोलि ९ बजेबाट ४ बजेसम्म मतदान समय तोकिएको निर्वाचन समितिका संयोजक गुणनिधि भुसालले बताए ।

उद्योग वाणिज्य सङ्घमा २ हजार ८८ मतदाता मध्ये केही त्रुटि भएका हरूको फाइनल गर्न थालिएको र आचारसंहिताको काममा लागेको भुसालले बताउनुभयो । सङ्घमा ९० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्