कपिलवस्तु उद्योग वाणिज्य संघ निर्वाचनः नारायण पौडेल सर्वाधिक मतका साथ बिजयी


पालिका पत्र

२८ माघ २०८०, आईतवार १३:५८ मा प्रकाशित

बाणगङ्गा, माघ २८। कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी ३ वर्षे कार्यकालको लागि वाणिज्य उपाध्यक्ष पदका उम्मेद्वार नारायण पौडेल सर्वाधिक मतका साथ बिजयी भएका छन् ।  पौडेलले १२ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले जम्मा ६ सय ६३ मत मात्र प्राप्त गरे । मोहन न्यौपाने प्यानलका पौडेलले संयुक्त प्यानलका अधिकारीलाई ५ सय ५७ मतान्तरमा हराए । 

यता नवनिर्वाचित पौडेलले यस विषयलाई ठुलो रुपमा नलिन आग्रह गरे । यो जितपछि आफूलाई थप जिम्मेवारी बोध भएको उनले प्रतिक्रिया दिए । निर्वाचनको विशेषता हारजितलाई मनमा राखेर चुनाव लडेको तर व्यवसायीबाट यस्तो माया पाउँछु भन्ने आँकलन नगरेको बताउँदै पौडेलले यो मतलाई कहिल्यै पनि अपमान नगर्ने बताए । आफू सदैव व्यवसायीको हितमा रहने उनले बताएका छन् ।

अटो व्यवसायी पौडेल बिभिन्न पेशा र व्यवसायमा आवद्ध छन् । उसो त पौडेलको सर्वाधिक मत आउने आँकलन गरिएको थियो तर गठबन्धनमाथि यो अन्तरको जितको अपेक्षा कसैले गरेका थिएनन् । पौडेलको यो चुनावी नतिजाले उनी व्यवसायीमाझ कति प्रिय रहेछन् भन्ने कुराको पुष्टि गर्दछ । 

प्रतिक्रिया दिनुहोस्