प्रगतिनगर डान्स आइडलमा छानिए १० प्रतिस्पर्धी


पालिका पत्र

२९ माघ २०८०, सोमबार १९:५७ मा प्रकाशित

माघ २९ गते । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जारी दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजित प्रगतिनगर डान्स आइडलमा टप १० प्रतिस्पर्धी छनौट गरिएको छ ।

महोत्सवमा सोमबार भएको टप १२ प्रतिस्पर्धीबीचको प्रतिस्पर्धापछि टप १० जना छनौट गरिएको हो । टप १० बाट नै भोटिङको आधारमा प्रतियोगिताको विजेता छनौट गरिने डान्स आइडल संयोेजक सुमन पौडेलले जानकारी दिए ।

प्रतियोगिताको टप १० मा छनौट हुनेहरुमा सचिन परियार, सुनिता थारु, सिम्रन थारु, सुस्मा खड्का, कोपिला भुसाल, कृषा न्यौपाने, मनोज कुर्मी, सागर थापा, मुन्ना माइकल थारु र अनुजा अर्याल रहेका छन् ।

छनौट भएकाहरुको फागुन ७ गते अन्तिम प्रतिस्पर्धा हुनेछ । सोही प्रतिस्पर्धा पछि भोटिङका आधारमा विजेता छनौट गरिने संयोजक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्