जितपुर मन्टेश्वरीः अक्षरारम्भको अवसरमा ३३ जना बालबालीका भर्ना


पालिका पत्र

२ फाल्गुन २०८०, बुधबार २१:४१ मा प्रकाशित

बाणगङ्गा, फागुन ०२ ।
चारनम्बरमा रहेको जितपुर मन्टेश्वरीले भर्ना आरम्भ सुरु गरेको छ । वसन्त पञ्चमी एवम् सरस्वती पूजाको अवसरमा शैक्षिक सत्र २०८१ को लागि अक्षरारम्भको शुभारम्भ गरेको हो । अक्षरारम्भको अवसरमा ३३ जना बालबालीका भर्ना एवम् अक्षराम्भ गरिएको मन्टेश्वरीकी प्रिन्सिपल रञ्जना पौडेलले जानकारी दिइन । उनले जितपुर मन्टेश्वरी नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको बताइन ।

यस्तै मन्टेश्वरीका अध्यक्ष असिम कडेल क्षेत्रीले शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउनको लागि बालबालिकालाई मन्टेश्वरी विधिबाट अध्ययन गराउँदा शिक्षण सिकाइ प्रभावकारी हुने बताए । उनले जितपुर मन्टेश्वरीलाई यस क्षेत्रमै उत्कृष्ट बनाउन आफ्नै सुविधा सम्पन्न भवनको तयारीमा रहेको बताए । उनले अव बालबालिकाले बुटवल, काठमाडौंका जस्ता मन्टेश्वरी जितपुरमै देख्ने छन्, उनले भने । अब यस क्षेत्रका बालबालिकाहरूलाई वातानुकूलित वातावरणमा शिक्षण गराउने, सुविधा सम्पन्न खेलकुद सामग्रीको प्रयोग गरि खेल्दै सिक्दै लगायतका कार्यक्रमहरू ल्याउने र नयाँ कार्यक्रमहरू थप गर्ने उनले बताए । विगत ५ वर्ष देखी जितपुर मन्टेश्वरी सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्