मायादेवीकर्मी विष्णु खरेलले फहराए चारनम्बर चोकमा राष्ट्रिय झण्डा


पालिका पत्र

७ फाल्गुन २०८०, सोमबार २१:५८ मा प्रकाशित


कपिलवस्तु, फागुन ०८ ।  कपिलवस्तुको बाणगङ्गा १ जितपुर निवासी मायादेवी रेडियोका सञ्चारकर्मी विष्णु खरेलले जन्मोत्सवको अवसरमा चार नम्बर जितपुर चोकमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा युवा विद्यार्थी एवम् रेडियो मायादेवीका बजार प्रमुख विष्णु खरेलको शुभ जन्मोत्सवको दिन नेपालको राष्ट्रिय झण्डा अनावरण गरि उदाहरणीय काम गरेका हुन् । झण्डा अनावरण गर्दै खरेलले आफ्नो जन्मोत्सवको अवसरमा राष्ट्रिय पहिचान झल्काउने कार्य गर्दा गर्वको महसुस भएको बताए ।

सञ्चारकर्मी खरेलले जन्मोत्सवको अवसरमा सामाजिक रूपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताए । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला खरेलले गतिलो उदाहरण दिए ।

कार्यक्रममा रेडियो मायादेवीका स्टेसन म्यानेजर पिताम्बर घिमिरे (हरि) ले पश्चिमी संस्कार हाम्रो देशमा भित्रिरहेको समयमा विष्णु खरेलले यसको बावजुत आफ्नो जन्मदिनको अवसरमा नेपालको राष्ट्रिय झण्डा अनावरण गरि देशप्रेम झल्काएको भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । चेतन विष्टको सञ्चालन रहेको नेपालको राष्ट्रिय झण्डा अनावरण कार्यक्रममा २५ जनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्