कर्तव्य ज्यान मुद्दाका ३ जना फरार प्रतिवादी जेल चलान


पालिका पत्र

९ फाल्गुन २०८०, बुधबार १७:३३ मा प्रकाशित


बाणगङ्गा,  फागुन ०९ । इलाका प्रहरी कार्यालय पिपरा बाणगङ्गाको सक्रियतामा पक्राऊ परेका फरार प्रतिवादीहरू जेल चलान भएका छन् । कारागार चलान हुनेमा बाणगङ्गा नगरपालिका वडा नं ६ अमौली बस्ने २८ बर्षिया तुल्सीराम थारू, २६ वर्षका शिव शंकर भन्ने शालिकराम थारू रहेका छन् ।

कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६/०५/१० गतेको फैसला आदेशानुसार लगत नं ३०८० भएको कर्तव्य ज्यान मुद्दा सम्बन्धी कसुर मुद्दामा दोषी ठहर भएका उनीहरूको जनही ९ वर्ष जम्मा २७ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो ।कैद भुक्तान नहुँदै उनीहरु फरार थिए ।

प्रहरी निरीक्षक गोपाल जंग रायमाझीका अनुसार खोजतलास गर्दै जाँदा उनीहरु २०८०/११/०७ गते फेला परेका थिए । त्यसपछि कानुन बमोजिम पक्राउ गरि अदालतमा पेश गरिएकोमा अहिले जेल चलान भएका रायमाझीले बताए ।

उनीहरूले २०७४/०६/१५ गते दिउसो साढे ३ बजे बजे बाणगङ्गा ६ लक्ष्मणघाटमा हेल्मेटले कुटपिट गरी २२ वर्षका राम बहादुर थारूको हत्या गरेका थिए भने घटनामा गोपाल प्रसाद थारू घाइते भएका थिए । दसैँको मूर्ति विसर्जन गर्ने क्रममा घटना भएको थियो ।

गत साउन १ गते यता इलाका प्रहरी कार्यालय पिपरा शान्ति सुरक्षा कायम गर्न सफल देखिएको छ। यी ३ सहित ३० जना प्रतिवादीलाई रायमाझीको नेतृत्वले पक्राऊ गर्न सफल भएको छ । यसलाई स्थानीयले प्रहरीको सफलतासंग दाँजेका छन् ।

प्रतिक्रिया दिनुहोस्