कपिलवस्तु उद्योग वाणिज्य संघको सल्लाहकार, लेखा र कार्यसमिति सदस्य मनोनित 


पालिका पत्र

१५ फाल्गुन २०८०, मंगलवार १९:०३ मा प्रकाशित

कपिलवस्तु, फागुन १५ ।
कपिलवस्तु उद्योग वाणिज्य संघको बैठक सम्पन्न भएको छ । मंगलबार संघको सभाहलमा बसेको उक्त बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले संघको विधान अनुसार ७ सदस्यीय सल्लाहकार समिति मनोनित गरेको संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार बैठकले सल्लाहकार समितिमा शक्तिसिंह ठकुरी, टोपनारायण बेल्बासे, मोहन न्यौपाने, दल बहादुर कुँवर, दीपक पन्थी, लक्ष्मण कँडेल र राजेश तिवारीलाई मनोनित गरेको छ ।

बैठकले ३ सदस्यीय लेखा समिति बनाएको महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।  जसमा विनोद पन्तलाई लेखा समितिको संयोजकको जिम्मेवारी दिएको छ भने सदस्यहरुमा मदन पौडेल र रामदेव थारूलाई मनोनित गरिएको छ । महासचिव घिमिरेले बैठकले ५ सदस्यीय कार्यसमिति सदस्य मनोनित गरेको जानकारी दिए । जसमा इन्द्र पोख्रेल, शिव बन्जाडे, तेज बहादुर थापा, ऋषिराम थारू र माधव आचार्य मनोनित भएका छन् ।

बैठकले अवैध, विना दर्ता तथा घुम्ती व्यवसायीहरूलाई निरुत्साहित गर्न प्रत्येक क्षेत्रगत सदस्यहरूले उक्त क्षेत्रमा पहल गर्ने निर्णय समेत भएको महासचिव घिमिरेले बताए । उनले उक्त समस्यालाई पूर्ण रुपमा नियन्त्रण गर्न संघले सरोकारवालाहरूसँग बृहत् छलफल गर्ने बताए । बहालमा रहेका व्यवसायीहरूको समस्या समाधान गर्न आवश्यक पहल गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्