लुम्बिनीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो


पालिका पत्र

२३ फाल्गुन २०८०, बुधबार ०७:३२ मा प्रकाशित


नारायणगढ, फागुन २३ ।
लुम्बिनीबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।

नदीमा खसेकामध्ये ३५ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बसमा ४१ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

कपिलवस्तुबाट नभई लुम्बिनीबाट हुनुपर्नेमा सच्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्