अर्घाखाँचीमा सडक दुर्घटना हुदाँ कपिलवस्तुका एक युवाको मृत्यु


पालिका पत्र

२१ चैत्र २०८०, बुधबार २१:१७ मा प्रकाशित


कपिलवस्तु, चैत्र २१ । अर्घाखाँचीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्। दुर्घटनामा परी कपिलवस्तु सुद्धोधन नगरपालिका १ का २८ वर्षीय मियाज मुसलमानको ज्यान गएको हो ।

सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउँदै गरेको जीपले सोही दिशाबाट आईरहेको मोटरसाइकललाई शितगङ्गा नगरपालिका १४ को बठेनी करेचुली भन्ने स्थानमा ठक्कर दिएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी प्रतिक सिंह राठौरका अनुसार लु २ च ७९३२ नम्बरको जिपले लु ६ प ७९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै गाडी सडकदेखि तल खसेको थियो । घटना स्थलमा इप्रका ठाडाको टोली पुगेर शव पोष्टमार्टमका लागि प्राथमिक उपचार केन्द्रमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्