आठौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी तिव्र : मेला सफल पार्न उपसमितिको यस्तो छ तयारी !


२२ चैत्र २०८०, बिहीबार १९:२७ मा प्रकाशित

चैत्र २२ गते । आठौं संस्करणको प्राचीन कपिलवस्तु महोत्सवको तयारीलाई तिब्रता दिइएको छ । यहि चैत्र २७ गतेदेखि बैशाख ८ गते सम्म तौलिहवाको बुद्धपद्म माविको खेलमैदानमा सञ्चालन हुने महोत्सवको तयारीलाई तिब्रता दिइएको महोत्सव आयोजक तौलिहवा उद्योग बाणिज्य संघले जनाएको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक गयादिन कुर्मी (दिपु) ले आठौं संस्करणको महोत्सवको तयारीलाई तिब्रता दिइएको बताए । महोत्सवको आयोजना गरी कपिलवस्तु भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आसपासका क्षेत्रमा पर्यटन प्रबर्द्धन सहित स्थानीय उद्यमीहरुको हितका लागि उपयोगी सिद्ध हुने कुर्मीले बिश्वास ब्यक्त गरेका छन् ।

मेलाबारे उप–समितिको तयारी :

संदीप कुमार श्रीवास्तव, सांस्कृतिक कार्यक्रम ब्यवस्थापन, उपसमिती संयोजक

महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु रमेशराज भट्टराई, एलिना चौहान, अन्जु कुश्मी (फुलकुमारी), लालुमाया कुँवर, दिपक भण्डारी, सन्दीप कुमार दुवे, शिव खनाल, बर्षा लम्साल, मिसन भुसाल, कपिल भवल सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका ख्यातीप्राप्त टिकटक स्टार तथा मोडल प्रिती पासवान, भोजपुरी सुपरस्टार गायक खेसारी २, शिवानी शाह, छमछमी डान्स गु्रपको प्रस्तुती रहने महोत्सव सांस्कृतीक उपसमिती संयोजक संदीप कुमार श्रीवास्तवले जानकारी दिए । महोत्सवमा तेस्रो प्राचीन कपिलवस्तु डान्स आइडल, हांस्यब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने श्रीवास्तव बताउँछन् ।

अजय कुमार कसौधन, उद्घाटन समापन तथा मन्च ब्यवस्थापन, उपसमिती संयोजक

महोत्सवको उद्घाटन समापन तथा मन्च ब्यवस्थापनको कार्यले तिब्रता पाएको उनले बताए । गतबर्ष भन्दा यस बर्षको महोत्सवमा मन्च ब्यवस्थापनले फरकपना आउने र डोकोरेशन साजसज्जावटको ब्यवस्थापन उत्कृष्ट रहने संयोजक कसौधनले बताए ।

देवेश जैसवाल, सुरक्षा तथा टेन्ट लाइट व्यवस्थापन उपसमिति संयोजक

महोत्सव सुरक्षा तथा टेन्ट लाइट व्यवस्थापन उपसमितिका संयोजक देवेश जैसवालले महोत्सवको सुरक्षालाई मध्यनजर गरी महोत्सवका गतिविधीलाई समेटने गरी सिसी क्यामेरा जडान गरिने, पार्किङको पूर्ण रुपमा व्यवस्थापन गर्ने र सुरक्षा निकायसँग आयोजकले समेत संहकार्य गरी महोत्सवलाई सफल बनाउने बताए ।

बासुदेव बर्मा, प्रचार प्रसार तथा पुरस्कार सम्मान ब्यवस्थापन उपसमिती संयोजक

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, तिलौराकोट लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, बिभिन्न प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार तथा पुरस्कार सम्मान ब्यवस्थापन संयोजक बासुदेव बर्माले जानकारी दिए ।

बृजेश भटरा, टिकट तथा आर्थिक ब्यवस्थापन उपसमिति संयोजक

टिकट तथा आर्थिक ब्यवस्थापन उपसमिती संयोजक बृजेश भटराका अनुसार मेला महोत्सवमा प्रतिव्यक्ति प्रबेश शुल्क ५० रुपैया तथा विद्यार्थीलाई ३५ रुपैयाँ कायम गरिएको छ भने बिद्यार्थीलाई परिचयपत्र अनिवार्य गरिएको छ ।

रामचन्द्र मुराउ, सुचना प्रविधि तथा साउन्ड ब्यवस्थापन उपसमिती संयोजक

महोत्सवमा नविन प्रविधिका साउन्ड सिस्टमको प्रयोग गरिने मुराउले बताए । बढ्दो सूचना प्रविधिको उच्चतम प्रयोगबाट नै महोत्सव सफलोन्मुख रहने समेत उनको धारणा छ ।

बृज बिहारी कुर्मी, कृषि उद्यम समन्वय उपसमिती संयोजक

महोत्सवले यहाँका कृषि उपजको उचित ब्यवस्थापनका लागि समेत कार्य गर्ने बताउँदै कृषि क्षेत्रसँग समन्वय गर्दै कृषकमैत्री मेला हुने कुर्मीको दाबी छ ।

देवेन्द्र गुप्ता, प्रायोजक तथा बिज्ञापन ब्यवस्थापन उपसमिती संयोजक

यसपालीको महोत्सवमा प्रायोजन गर्ने व्यवसायीहरुको डिजिटल तरीकाले मेला अवधी भर प्रमोट गर्ने गुप्ताले बताए । उनले प्रायोजनहरुको व्यानर कार्यक्रम स्थलसंगै फेसबुक पेज संगै प्रोजेक्टर र कार्यक्रमको बीच वीचमा पनि उद्घोष गर्ने बताए । प्रायोजन गर्ने प्रायोजकको प्रमोटमा कहिंकतै आयोजकले कन्जुसाई नगर्ने गुप्ताले बताए ।

श्याम प्रकाश श्रीवास्तव, बुद्धपुजन तथा झांकी ब्यवस्थापन उपसमिती संयोजक

विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि यहाँमा रहेका संघसस्था, आमा समुह, महिला समुह लगायतको झांकी तथा र्यालीहरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरु संग समन्वय गरिरहेको वताए ।

मोहम्मद मुस्तफा, संघ सस्था समन्वय उपसमिति संयोजक

महोत्सवका संघ सस्था समन्वय उपसमिति संयोजक मोहम्मद मुस्तफाले महोत्सवको आयोजना गरि संघले तौलिहवा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि यहाँमा रहेका संघ सस्थाहरुलाई प्राचीन कपिलवस्तु महोत्सवलाई भब्य र सभ्य रुपमा सफल वनाउनका लागि सहयोग गरिदिनका लागी संघ संस्थाहरु संग समन्वय गरिरहेको र उहांहरुको साथ रहनेमा आफु ढुक्क रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्