मायादेवी साझेदारी वनः दस्ता नै खडा गरेर आगलागी नियन्त्रण तथा वन संरक्षणमा


पालिका पत्र

२६ चैत्र २०८०, सोमबार १५:४२ मा प्रकाशित


कपिलवस्तु, २६ चैत्र । 
मायादेवी साझेदारी वनमा आगलागी नियन्त्रण गर्नका लगी अत्याधुनिक मेसिन सहित पदाधिकारीहरू लागि परेका छन् । चौतर्फी आगलागी सुरु भएपछि दस्ता नै खडा गरेर उनीहरू आगलागी नियन्त्रणमा लागेका हुन् ।


क्षेत्र नै छुट्याएर आगलागी नियन्त्रण तथा वन संरक्षणमा लागेका छन् । जसका लागि पटना र  पिपरा क्षेत्रमा ८ जना वन हेरालु ४ जना अग्नि नियन्त्रक खटाइएको छ । यस्तै ६ जना सशस्त्र वन रक्षक चौबिसे घण्टा खटाइएको वनका अध्यक्ष दिनेश जैसवालले बताए ।

उनले वन समिति तथा कर्मचारीहरू पनि सक्रियताका साथ अग्नि नियन्त्रण तथा वन संरक्षणमा जुटेको जानकारी दिए । 
वनमा आगलागी नियन्त्रण गर्नका लागि अत्याधुनिक मेसिन वाटर जेट मेसिन, बाणगङ्गा नगरपालिकाको दमकल जस्ता उपकरण प्रयोग गरिएको छ ।

वनमा ठुलो क्षेत्रमा आगो फैलिन सक्ने भएकाले नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय उपभोक्ताहरूको पनि सहयोगमा कार्य भइरहेको अध्यक्ष जैसवालले बताए । वन संरक्षण तथा अग्नि नियन्त्रणमा अध्यक्ष जैसवाल, वन अधिकृत शिव नन्दन शाह तथा विष्णु लामिछानेको टोली पनि उतै खटेका छन् । 

प्रतिक्रिया दिनुहोस्