आठौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी पुरा, पूर्व मन्त्री आचार्यले उद्घाटन गर्ने 


पालिका पत्र

२६ चैत्र २०८०, सोमबार २१:५२ मा प्रकाशित

चैत्र २६ गते ।

आठौं संस्करणको प्राचीन कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी सकिएको छ । यहि चैत्र २७ गते अर्थात भोलि देखि बैशाख ८ गते सम्म तौलिहवाको बुद्धपद्म माविको खेलमैदानमा सञ्चालन हुने महोत्सवको तयारी पुर्ण भएको आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ । संघले सोमवार पत्रकार सम्मेलन मार्फत मेलाको सम्पूर्ण जानकारी गराएको हो । मेलाको उद्घाटनका लागि पुर्व मन्त्री सुरेन्द्र राज आचार्य आउने पक्का भएको आयोजकले जनाएको छ । मेला मंगलबार साँझ सात बजे उद्घाटन हुने बताईएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक गयादिन कुर्मी (दिपु) ले आठौं संस्करणको महोत्सवको आयोजना गरी कपिलवस्तु भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आसपासका क्षेत्रमा पर्यटन प्रबर्द्धन सहित स्थानीय उद्यमीहरूको हितका लागि उपयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका छन् ।  उनले मेला सफल पार्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

संयोजक कुर्मीले महोत्सवमा प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ तथा विद्यार्थीलाई ३५ रुपैयाँ कायम गरिएको बताए ।  उनले  विद्यार्थीलाई परिचयपत्र अनिवार्य गरिएको समेत सम्मेलन मार्फत जानकारी दिए ।

यता पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले पत्रकार हरूलाई मेला सफल पार्नका लगी भूमिका खेल्न आग्रह गरे । उनले आयोजक संस्थाले पत्रकार महासंघ सँग समन्वय गरेर अगाडि बढ्न आग्रह गर्दै सहयोगको समेत अपेक्षा गरेका छन् ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरूको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरूको प्रदर्शनी एवं जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवर्द्धनका सामाग्रीहरूको प्रदर्शनी एवं जानकारी, तिलौराकोट लगायत विभिन्न पर्यटकीय स्थलहरूको जानकारी, बिभिन्न प्रतियोगिता हुने बताईएको छ ।

मेलाका विभिन्न समिति तथा उप समितिहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनमा मेलाका संयोजक गयादिन कुर्मी (दिपु)को अध्यक्षता तथा तौलिहवा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार एवं मेलाका मिडिया संयोजक भुपाल थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्