कपिलवस्तुमा पुरुषको ‘अपहरण’पछि हत्या


७ बैशाख २०८१, शुक्रबार ०८:४९ मा प्रकाशित

बैशाख ७ गते । कपिलवस्तुमा एक पुरुषको अपहरण पश्चात् हत्या भएको छ । जिल्लाको मायादेवी गाउँपालिका २ अभिराव स्थित बिद्यालय (मदरसा)को कोठाभित्र हत्या गरि बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अभिराव स्थित एक मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरि हत्या गरिएको अवस्थामा उनको शव शुक्रबार बिहान फेला परेको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ बर्षीय जमाल अहमदको अपहरण पश्चात हत्या भएको जनाइएको छ ।

शंका लागेर नियन्त्रणमा लिइएका तीन जनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले बताए । घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्