सुस्मिता हत्याकाण्डः पीडित परिवार आमरण अनशन बस्ने 


पालिका पत्र

८ बैशाख २०८१, शनिबार १९:२५ मा प्रकाशित

कपिलवस्तु, ०८ वैशाख । 
हेटौँडामा भएको सुस्मिता हत्या काण्डलाई लिएर कपिलवस्तुमा वृहत् प्रदर्शन भएको छ । घटनाको मुख्य योजनाकारलाई नै अदालतले सफाइ दिएको भन्दै त्यसैको विरोधमा प्रदर्शन भएको हो ।

कपिलवस्तुबाट बिहे भएर हेटौँडा पुगेकी वडा नम्बर ८ बोडगाउँकी सुस्मिता केसीको परिवारको मिलेमतोमा विभत्स हत्या भएको थियो । 

तर अहिले उक्त सुस्मिताको न्यायका लागि संघर्ष समिति कपिलवस्तुले घटनाका योजनाकारलाई कुनै हालतमा उन्मुक्ति नदिइयोस् भन्ने दबाब स्वरुप वृहत् प्रदर्शन गरेको । वाणगंगाको वडा न। २ मा रहेको इलाका प्रहरी कार्यालय पिपरा अगाडिबाट सुरु भएको प्रर्दशन चार नम्बर चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभामा  माग पुरा नभए आमरण अनशन बस्ने पीडित परिवारले जनाएको छ । 

प्रर्दशनमा नाराबाजी सहित पीडितलाई न्याय दे, सुस्मिता हत्याकाण्डका पाँचै जनालाई आजीवन कारागार सजाए हुनै पर्छ, हत्या हिंसा अन्य गर, सुस्मिता छोरीले न्याय पाउनै पर्छ लगायतका प्लेकार्डहरू प्रर्दशन गरिएको थियो । प्रर्दशनमा करिब दर्जन बढि संघ संस्थाले ऐक्यवद्धता जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्