भेटिइन् रीमा !


पालिका पत्र

१७ बैशाख २०८१, सोमबार २१:२२ मा प्रकाशित

कपिलवस्तु, वैशाख १७ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बण्डौलीबाट हराएकी महिला भेटिएकी छन् । वैशाख १६ गते आइतबारदेखि रीमा पुन ‘थापा ‘मगर’ नाम गरेकी २४ वर्षकी महिला हराएकी थिइन । उनी त्यही नजिककै गाँउमा भेटिएको पारिवारिक स्रोतले बताएको छ । 

रीमाले आफू जाने ठाउँबारे जानकारी नदिई निस्केको हुनाले हिजो साँझसम्म प्रतीक्षामा बसेको र साँझसम्म नआएपछि खोजी कार्यमा लागेको उहाँकी आमाजु उषा कुमाल बिकले बताइन् ।

उनी फर्किएपछि परिवारमा खुशी थपिएको उषाले बताइन । उनी दुईज्युकि भएकाले पनि आफूले खुब ख्याल गर्ने र आमाजु उषाले बताइन् । 

प्रतिक्रिया दिनुहोस्