पत्रकारले जय–जयकार भन्दा रचनात्मक हिसाबले कमजोरी औँल्याईदिनुपर्छः मुख्यमन्त्री महरा


पालिका पत्र

१९ बैशाख २०८१, बुधबार १९:५५ मा प्रकाशित

कपिलवस्तु, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताएका छन्। दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री महराले पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको जय–जयकार होइन, रचनात्मक हिसाबले सरकारको कमीकमजोरी औँल्याउँदै सुझाव दिनुपर्छ । पत्रकारले जनतामा निराशा बाँड्ने काम हुनुहुन्न ।’

सरकारले समय तालिका बनाएर नयाँ ढङ्गबाट कामको सुरुवात गरेको स्मरण गराउँदै मुख्यमन्त्री महराले सरकार गठन भएपछि संसद्को विषयगत समितिको नेतृत्व टुङ्ग्याएर प्रदेश सभालाई बिजनेस दिइएको बताए ।

मिडिया क्षेत्र हरेक राजनीतिक परिवर्तनमा अग्र मोर्चामा रहेको बताउँदै मुख्यमन्त्रीले यथास्थितिमा रमाउनुभन्दा अग्रगमनका लागि सधैँ तयार रहन समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्