कपिलवस्तु बाणगङ्गाकी दाल कुमारी यातना खेप्दै कुवेतमा बन्धक, उद्धार गरिदिन याचना


पालिका पत्र

५ जेष्ठ २०८१, शनिबार १३:५४ मा प्रकाशित

बाणगङ्गा,  जेठ ०५ ।  
कपिलवस्तु बाणगङ्गाकी दाल कुमारी पुन मगर कुवेतको एक घरमा  बन्धक जसरी बस्नु परेको छ । बाणगङ्गा वडा न. १ बैरिया बस्ने उनी  विगत ४ महिना देखी कुवेतमा बन्धकमा परेपछि यो खबर बाहिरिएको हो। ४८ बर्षिया दाल कुमारी श्रीमान सँग सम्बन्ध बिग्रिएपछि छोरा बुहारीका सन्तान सँग बस्दै आएकी थिइन । 


उनी उनै सन्तानलाई पढाउन भन्दै कुवेतमा घरेलु कामदारको रुपमा  पसेकी थिइन । २ वर्षदेखि कपिलवस्तुमा बस्दै आएकी उनको स्थायी घर भने अर्घाखाँचीको चाक्ला रहेको उनका भान्जा किरण केसीले बताएका छन ।


दलालले भारत हुँदै कुवेतमा पठाएको उनले बताएकी छन । यतिबेला बैरियामा रहेका छोराबुहारीका सन्तानको बिचल्ली जस्तै भएको छ। उता छोरा बुहारीको पनि सम्बन्धमा खटपट आएपछि उनले नातिनातिनालाई पाल्दै आएकी थिइन । यतिबेला बुहारी पनि कुवेतमा रहेको पाइएको छ  । आफू अहिले कुवेतको जारा भन्ने ठाउँमा रहेको उनले बताएकी छन । अहिले आफू लुकेर मोबाइलबाट आफन्तको सम्पर्कमा रहेको बताइएकी छन । उनलाई कुटपिट गरि बिभिन्न खालका यातना दिने गरेको बताएकी छन । 

नेपालबाट भारत पठाउने रुपन्देही भैसियाईका अर्जुन बि.क र भारतबाट कुवेत पठाउने मिलन  नाम गरेका दलालले आफूलाई पठाएको उनले बताएकी छन् । मालिकले आफूलाई खान लाउन नदिएको र यातना मात्रै थपेको उनले बताइन् । उनले  मोबाइल चलाएको थाहा पाए आफूलाई मारिदिने धक्की दिएको बताएकी छन । 

आफ्नो सबै कागजपत्र सबै लुकाइदिएको भन्दै आफ्नो उद्धार गरिदिन सबैमा आह्वान गरेकी छन । आफूसँग खाली ब्याग मात्र रहेको उनले बताएकी छन । उनी एक महिना देखी बन्धन भएर बसेकी छन ।  पहिले ४ वर्षदेखि विदेशमा आउजाउ मात्र गर्दै आएको पाइएको छ । २ महिना सम्म कम्पनीले राम्रो व्यवहार गरेको र अहिले २ महिना यता भने उनले यातना भोग्दै आएको बताईएको छ । 

ज्वाइँ शिव कुमालका अनुसार यतिबेला यता नेपालमा रहेका नातिनातिनीहरूको बिचल्ली भएको छ । अहिले सम्म फुपुले निगरानी गर्दै आएको बताएका उनले छन्  । स्थानीय विद्यालयमा पढ्दै आएका ति बालबालिकाहरू यतिबेला निकै समस्यामा रहेका छन । 

दुतावास तिर पनि बारम्बार निवेदन दिएपनि कुनै वास्ता नगरेको ढाल कुमारीले बताएकी छन् । उनका २ छोरा २ छोरी रहेका छन । उनको उद्धारका लागि उनका आफन्तहरूले चारैतिर गुहारिरहेका छन । पछिल्लो समयमा दलालहरूले लाखौ रुपैयाँ ठगेर बिभिन्न आश्वासन दिएर विदेश पठाएर अलपत्र पार्नेको संख्या बढिरहेको छ।  अझै पनि बिभिन्न देशहरूमा विगत लामो समयदेखि उद्धारको पर्खाइमा रहेका छन् । खाडीका अन्य देशहरूमा अलपत्र पर्ने नेपालीहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्