हुलाकी राजमार्ग आइतबार दिनभर अवरुद्ध !


पालिका पत्र

५ जेष्ठ २०८१, शनिबार १८:०६ मा प्रकाशित

जेठ ५ गते । हुलाकी राजमार्ग अन्तर्गत कोठी-तौलिहवा-बहादुरगंज सडक खण्ड आइतबार दिनभर अवरुद्ध हुने भएको छ । सडकखण्ड अन्तर्गत बाणगंगा नदीको बरगदा पुलको लेफ्ट बैंकको एप्रोज स्याल्ब मर्मत लागि जेठ ६ गते आइतबार दिनभर सडक बन्द हुने भएको हो ।

हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुको कार्यक्षेत्र भित्र पर्ने उक्त खण्डमा यातायात पूर्ण रुपमा बन्द गरि मर्मत कार्य गर्नुपर्ने अवस्था आएको जनाइएको छ । सवारी आवागमनका लागि थप सहजताका लागि पुलको निर्माणका लागि यातायात रोक्नु परेको योजना प्रमुख बिष्णुबाबु पाण्डेले बताउनुभएको छ ।

साथै उक्त समयमा बैकल्पिक मार्ग प्रयोग गर्न समेत उहाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्