नापी कार्यालयका चन्द्रौटाका बेचन प्रसाद गुप्ता  घुस लिँदै गरेको अवस्थामा पक्राउ


पालिका पत्र

२५ जेष्ठ २०८१, शुक्रबार १५:३१ मा प्रकाशित


चन्द्रौटा, जेठ २५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको बताएको अख्तियारले घुस रकमसहित अन्य विवरण भने खुलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्