लुम्बिनी साझेदारी वनको संयुक्त अनुगमन 


पालिका पत्र

२७ जेष्ठ २०८१, आईतवार १३:२८ मा प्रकाशित


कपिलवस्तु । 
रूपन्देहीको कञ्चन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले लुम्बिनी साझेदारी वन उपभोक्ता समुहको अनुगमन गरेका छन् । वडा अध्यक्ष पौडेलले विहीबार वनका प्रविधिहरूको टोली संग संयुक्त रुपमा अनुगमन गरेका हुन । उनले वनले वन संरक्षण  तथा सम्बद्र्धनमा भएका कार्यहरू, समुह व्यवस्थापन तथा सामाजिक आर्थिक पक्षको विषयमा चासोका साथ अनुगमन गरेका हुन ।  यस्तै आर्थिक वर्ष २०९७/०८० को आम्दानी तथा खर्च विवरण, कटान, घाटगद्दी व्यवस्थापन लगाएका विषयमा अनुगमन गरेका हुन । 


अनुगमनमा भएका नबुझेका र स्पष्ट नभएका कुराहरूलाई साहयक डिभिजन वन अधिकृत चन्द्र बहादुर भाट क्षेत्रीले सहजिकरण गरेका थिए । उनले वनले वन संरक्षण  तथा सम्बद्र्धनमा भएका कुराहरूलाई बुँदागत रुपमा प्रस्तुत समेत गरेका हुन् । 


अनुगमनमा लुम्बिनी साझेदारी वन उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, साझेदारीका कार्यसमिति सदस्यहरू, नेपाल प्रहरी, पत्रकारहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्