कपिलवस्तुमा एसइई ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकियो


पालिका पत्र

९ श्रावण २०८१, बुधबार २०:३६ मा प्रकाशित

श्रावण ९ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि कपिलवस्तुमा ८ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न ८ विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।

एकाइ प्रमुख घिमिरेका अनुसार जिल्ला सदरमुकाम भित्रका बुद्धपद्म र तौलेश्वरनाथ संस्कृत माबि गरि २ परीक्षा केन्द्र तोकिएको छ । मायादेवी गाउपालिकाको छत्रपाली तिर्थदेबी माबि र बाणगंगा नगरपालिका स्थित जनता माबि पिपरामा परीक्षा केन्द्र तोकिएको छ ।

बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध माध्यमिक बिद्यालय गोरुसिंगे, शिवराज नगरपालिकाको समयथान माध्यमिक बिद्यालय खरेन्द्रपुर र राष्टिय माध्यमिक बिद्यालय चन्द्रौटामा केन्द्र तोकिएको छ । कृष्णनगर नगरपालिकाको रामगोरखा माध्यमिक बिद्यालय बहादुरगंजमा केन्द्र तोकिएको उनले बताए ।

यस जिल्लाका १३४ विद्यालयका करिब ३१ सय जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्