एकाएक राप्तीका वडा अध्यक्ष गुरुङ्ग रोजगारका लागि विदेश पलायन


पालिका पत्र

२४ श्रावण २०८१, बिहीबार १५:२२ मा प्रकाशित

पालिका पत्र, साउन २४ । दाङ—देउखुरीको राप्ती गाउँपालिकाका एक बहालवाला वडा अध्यक्ष बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको छ । राप्ती गाउँपालिका वार्ड नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको हो ।

गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा गुरुङ्ग निर्वाचित हुनु भएको थियो । निर्वांचनमा उम्मेदवार हुँदा लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको ऋण तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग ऋणको भारी बोकेर बैदेशिक रोजगारका लागि युके (बेलायत) प्रस्थान गर्नु भएको पारिवारिक स्रोतले जनाएको छ ।निर्वाचनमा उम्मेदवार हुँदा, छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा लागेको करिब ४० लाख ऋण तिर्न नसकेपछि वडा अध्यक्ष गुरुङ्ग बाध्य भएर बैदेशिक रोजगारका लागि बेलायत गएको उहाँकी जिवनसंगीनी संगिता गुरुङ्गले जानकारी दिनुभयो ।

“वडा अध्यक्षको उम्मेदवार भएपछि लागेको ऋण सहित छोराछोरी पढाउँदा र आमाको उपचार गर्दा धेरै ऋण लाग्यो । लिएको ऋणमा ब्याज थपिदै गयो । करिब ४० लाख सम्म ऋण पुग्यो । लागेको ऋण तिर्ने कुनै उपाय रहेन, न त बेचेर तिर्नका लागि जग्गा जमिन छ, न त पैसा आउने कुनै स्रोत छ । वडा अध्यक्ष बाफत सरकारले दिने तलबभत्ता बाफत बडो मुस्किलले ३०/३५ हजार आउँथ्यो ।

त्यो पैसाले घर खर्च चलाउने मुस्किल हुन्थ्यो,” संगिताले भन्नुभयो । ३०/३५ हजार पैसा छोराछोरीको स्कूल फिस तिर्ने की रु आमाको उपचार गर्ने की रु घर खर्च चलाउने रु संगीताले भन्नुभयो । उहाँले पाउने तलबभत्ता घर खर्च चलाउनै मुस्किल भइरहेको बेला ऋण तिर्ने त परैको कुरा भयो । जसले गर्दा हामीले लिएको ऋणमा ब्याज थपिदै गयो जसले गर्दा बिदेश जाने बाहेक आर्को बिकल्प भएन, चन्द्रका जीवन संगीनी संगिताले भन्नुभयो । उहाँ रहरले होइन बाध्यताले बिदेश जानु परेको हो । संगीताले भन्नुभयो ।

वडा अध्यक्ष गुरुङ्गकी आमा बालिकादेबि गुरुङ्ग लामो समय देखि दिर्घ रोगको बिरामी हुनु हुन्थ्यो । आमा बालिकाको काठमाडौँ र बुटवल लगायतका ठाउँमा उपचार गर्दागर्दै गत बर्ष मृत्यु भयो । आमाको उपचारमा पनि लाखौँ रकम खर्च भयो । आमाको उपचारका लागि समेत लिएको ऋण घट्ने भन्दा दिनप्रतिदिन ब्याज बढ्दै गयो ।

वडा अध्यक्ष गुरुङ्गले पाउने तलबभत्ता दुई छोरा पठाउन र घर खर्च धान्न धौँ-धौँ हुने गरेकोले लिएको ऋण तिर्न नसकेको उहाँकी जीवनसंगीनी संगिताले भन्नुभयो । लिएका सबै ऋणमा ब्याज थपिदै गयो । ऋण दिएका साहुहरुको दिनप्रति दिनको दबाब आफूहरुको रहेको उहाँले भन्नुभयो । साहुहरुको चरम दबाब र आफ्नो इज्जत जोगाउन बाध्य भएर युके गएको उहाँले भन्नुभयो ।वडा अध्यक्ष गुरुङ्गका बुवा निमबहादुर गुरूङ्ग बेलायतको रिटायर सेना हुनुहुन्थ्यो । उहाँको करिब १६/१७ बर्ष अघि नै प्यूठानमा मृत्यु भएको थियो । बुवाको मृत्युपछि बेलायत सरकारले रिटाएर भएका सेनाका छोराछोरीलाई रोजगार दिने व्यवस्था गरेको छ । सोही अनुसार उहाँले बेलायतमा रोजगारीका लागि प्रकृया अगाडी बढाउनुभयो बेलायत सरकारले रोजगारका लागि वडा अध्यक्ष गुरुङ्गलाई अनुमति दिएपछि उहाँ यही साउन २० गते आइतबार दिउँसो करिब १२ बजे युके स्थित बेलायतका लागि प्रस्थान गर्नु भएको हो । करिब १२ घण्टाको लामो हवाईयात्रापछि उहाँ बेलायत पुगी सकेको पारिवारिक स्रोतले जनाएको छ । वडा अध्यक्ष गुरुङ्गलाई बेलायत सरकारले दिने काम र सेवासुविधाका बिषयमा भने पारिवारिक स्रोतले केही बताएको छैन ।

यता वडा अध्यक्ष गुरुङ्गले कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी भने वडा सदस्य चम्फा पुनलाई दिनु भएको छ । वडा अध्यक्ष गुरुङ्गले लिखित रुपमै कार्यबाहक वडा अध्यक्षका रुपमा वडा सदस्य पुनलाई जिम्मेवारी दिएको ८ नम्बर वडा सचिव असलेक चौधरीले जानकारी दिनुभयो । वडा अध्यक्ष गुरुङ्गले कार्यवाहक अध्यक्षको अबधि भने खुलाउनु भएको छैन । उहाँका अनुसार वडा अध्यक्ष गुरुङ्ग केही दिनका लागि बैदेशिक भ्रमणका लागि जान लागेको भनेर अनौपचारिक रुपमा जानकारी दिएको बताउनुभयो ।

यस्तै कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाउनु भएकी वडा सदस्य चम्फा पुनले अहिले आफू नै कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी पाएको बताउनुभयो । उहाँका अनुसार वडा अध्यक्ष गुरुङ्गले आफूलाई लिखित रुपमै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताउनुभयो । तर कार्यबाहक अध्यक्ष कहिले सम्म हो रु भन्ने समय भने पत्रमा नखुलाइएको उहाँले बताउनुभयो । उहाँले वडा अध्यक्ष गुरुङ्ग केही दिनका लागि बैदेशिक भ्रमणका लागि जान लागेको भनेर अनौपचारिक रुपमा जानकारी मात्र दिएको बताउनुभयो । उहाँ कहिले सम्म स्वदेश फर्किने भन्ने समय भने नखुलाएको कार्यबाहक वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । यस्तै वडा अध्यक्ष गुरुङ्गले कार्यबाहक वडा अध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएको पत्र गाउँपालिकाले प्राप्त भएको पालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो । पत्रमा वडा अध्यक्ष गुरुङ्ग कहाँ जान लागेको रु र किन कार्यबाहक तोकेको रु भन्ने बिषय नखुलाइएको अध्यक्ष बिष्टले बताउनुभयो ।

उहाँका अनुसार कार्यपालिका बैठकमा वडा अध्यक्ष गुरुङ्गले अब केही दिनका लागि कार्यबाहक दिएर बाहिर जान लागेको भनेर अनौपचारिक सुचना दिएको अध्यक्ष बिष्टले भन्नुभयो । उहाँ रोजगारका लागि युके गएको भन्ने सुचना मिडियाबाट थाहा भएको समेत बताउनुभयो । साथै अध्यक्ष बिष्टले केही दिन पर्खेर वडा अध्यक्ष गुरुङ्ग कहिले फर्किनु हुन्छ भन्ने सुचना लिएर मात्र वडा सदस्यले कहिले सम्म कार्यबाहक वडा अध्यक्षको काम गर्न मिल्छ रु बिषयमा निणर्य लिने बताउनुभयो ।

यस्तै यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर वलीले भने ८ नम्बर वडा अध्यक्ष युके गएको बिषयमा कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले ८ नम्बर वडा अध्यक्ष बिदेश गएको बिषयमा आफूहरुलाई आधिकारिक रुपमा कुनै सुचना तथा चिठी प्राप्त नभएको बताउनुभयो । उहाँले केही सञ्चारमाध्यम र फेसबुकबाट मात्र सुचना पाएपनि आधिकारिक सुचना भने प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत वलीले बताउनुभयो ।

पहिलो स्थानीयतहको निर्वाचनमा नेकपा एमालेबाट वडा नम्बर ८ को वडा अध्यक्षमा गोकणर्बहादुर राना निर्वाचित हुनु भएको थियो । वडा अध्यक्ष रानाको कार्यकालमा अहिलेका बहालवाला वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग कार्यालय सहयोगीको रुपमा कार्यरत रहनु भएको थियो । गत २०७९ मा सम्पन्न स्थानीयतहको निर्वाचनमा तिनै कार्यालय सहयोगी गुरुङ्ग नेकपा एमालेबाट उम्मेवार भई भारी मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएपछि गुरुङ्गको ब्यापक चर्चा भएको थियो । उहाँका बिषयमा स्थानीय तथा राष्ट्रिय मिडियाहरुले प्रमुख प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । कार्यालय सहयोगी नै वडा अध्यक्षमा निर्वाचित भएको बिषय राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत ब्यापक चर्चा भएको थियो ।

वडा अध्यक्ष गुरुङ्गका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा बर्ष १६ का प्रशान्त गुरुङ्ग लमहीको गोरखा मोडेल सेकेण्डरी स्कूल लमहीको कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने कान्छो छोरा बर्ष ८ का सागर गुरुङ्ग आर्दश मावि लालमटियाको कक्षा ८ मा अध्ययनरत हुनुहुन्डा अध्यक्षले के—के रु ? कति सुविधा पाउँछन् त ?


स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी कानुनमा संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७६ को दफा ३, ४, ५, ६, ७, ८ र ९ को स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा अन्र्तगत गाउँपालिकाका पदाधिकारी तथा सदस्यले पाउने सुविधा अनुसार विभिन्न शिर्षकमा गरी बैठक भत्ता, दैनिक भ्रमण भत्ता, विदेश भ्रमण भत्ता, बिमा र बार्षिक चाडपर्व खर्च बाहेक मासिक ३० हजार पाउने कानुनी व्यवस्था रहेको छ ।


गाउँपालिकाका वडा अध्यक्षले मासिक रुपमा यातायात सुविधा १० हजार, पत्रपत्रिकारइन्टरनेट ३ हजार, टेलिफोनरमोबाइल रिचार्ज ३ हजार, अतिथी सत्कार ४ हजार, जनसम्पर्करबिशेष कार्यसुविधा ६ हजार, खानेपानी तथा सरसफाई २ हजार र मर्मत संभाररविद्युतरउर्जा खर्च २ हजार गरी मासिक ३० हजार पाउने कानुनी व्यवस्था रहेको छ । यस्तै वडा अध्यक्षले बार्षिक रुपमा चाडपर्व खर्च बार्षिक १२ हजार, दैनिक भ्रमणभत्ता प्रतिडलर दिन १ हजार ५ सय, प्रति बैठकभत्ता १ हजार, विदेश भ्रमण गर्दा दैनिक १ सय अमेरिकी दलर पाउने गरेको छन ।

प्रतिक्रिया दिनुहोस्