एकै पटक ५८७ जना इन्स्पेक्टरको सरुवा, कपिलवस्तुमा आउने भए यी नौ प्रहरी निरिक्षक


पालिका पत्र

१८ भाद्र २०८१, मंगलवार ०९:३९ मा प्रकाशित

कपिलवस्तु, भदौ १८ गते । नेपाल प्रहरीको ५ सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकै साथै ५ सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो । जसअनुसार कपिलवस्तुमा जिल्ला ट्राफिक प्रहरी प्रमुखमा पंकज चुँदाली आउने भएका छन् । यसअघिका प्रहरी निरिक्षक अनिष भण्डारीको सरुवा भएपछि रिक्त रहेको स्थानमा नेपाल प्रहरी बिशेष सुरक्षा गण, सुनवलबाट चुँदाली आउने भएका हुन् ।

यसेगरि, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा लोकेन्द्र सिंह कार्की आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली शान्ती सुरक्षा तथा प्रहरी कार्य शाखाबाट कार्की यहाँ आउने भएका हुन् । प्रहरी निरीक्षक भानुभक्त अर्यालको जिल्ला प्रहरी कार्यालय जुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा भएको छ ।

यसैगरि, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु शान्ती सुरक्षा तथा प्रहरी कार्य शाखामा भिम बहादुर खड्का आउनेछन् । प्रहरी निरीक्षक महेश बिक्रम शाहीको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुर सरुवा भएको छ । खड्का इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतबाट आउने भएका हुन् ।

यसैगरी, इलाका प्रहरी कार्यालय पिपरामा पनि नयाँ प्रहरी निरिक्षक आउनेछन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रबन्ध शाखा महाराजगंज काठमाडौंबाट लोकेन्द्र जिसी आउने भएका छन् । पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीको सरुवा भएपछि रिक्त रहेको स्थानमा उनी आउन लागेका हुन् ।

इलाका प्रहरी कार्यालय पकडीमा कमल क्षेत्री आउनेछन् । क्षेत्री जिल्ला प्रहरी कार्यालय डोल्पाबाट पडकी आउने भएका हुन् । प्रहरी निरीक्षक राजिब श्रेष्ठको भने नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल सरुवा भएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय सुन्दरी डाँडामा नेपाल प्रहरी पहरा गण गुल्म नं. ३ सामाखुसीबाट जंग बहादुर शाह आउने भएका छन् । प्रहरी निरिक्षक अर्जुन बिकको सरुवा भएपछि रिक्त रहेको स्थानमा शाह आउन लागेका हुन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह आउने भएका छन् । वडाका गिता प्रसाद चौधरीको सरुवा भएपछि शाह आउने भएका हुन् । शाह लुम्बिनी प्रदेश प्रहरी कार्यालय भर्ना छनौट शाखा तुल्सीपुरबाट आउने भएका हुन् ।

इलाका प्रहरी कार्यालय गणेशपुरमा हर्ष बहादुर चन्द आउनेछन् । दिवाकर रिजाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाल सरुवा भएको छ । गणेशपुरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालबाट आउनेछन् ।

नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक मोतीलाल योन्जनको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रिय प्रहरी पुस्ताकालय महाराजगंज सरुवा भएको छ । यहाँ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट राजन थापा आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्