कपिलवस्तु प्रविधिक प्रतिष्ठानमा फार्मेसी विषयको अध्यापनको तयारी, स्वास्थ्य शिक्षामा प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित


पालिका पत्र

9 September, 2024 10:49 pm मा प्रकाशित

कपिलवस्तु, २४ भदौ ।
कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज २०८१/०८२ का नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण ९इचष्भलतबतष्यल० कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नको महत्त्वका बारेमा धारणा राखे। उनले भने कि, ”रोजगार वा जीवनको गतिशीलता बिना सीपको सम्भावना छैन। प्रविधिमा आधारित शिक्षा प्राप्त गरेर व्यक्ति आफ्नो आर्थिक स्थिति सुदृढ बनाउन सक्छ र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सक्छ।”

कार्यक्रममा प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु, अभिभावक मोहम्मद हुसेन र स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा प्रधान प्रशिक्षक अर्जुन पौडेलको प्रस्तुतीकरण रहेको थियो।

अरुण कुमार पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा प्रमुख नन्दराम पौडेलले कार्यक्रमको सन्चालन गरेका थिए। कार्यक्रममा ९० भन्दा बढी विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो।

यस प्रतिष्ठानको स्थापना वि.सं. २०५४ सालमा भएको हो र यसले स्वास्थ्य शिक्षाका क्षेत्रमा लुम्बिनी प्रदेशमा उच्च पहिचान बनाएको छ। प्रतिष्ठानले एच.ए., ल्याब टेक्नोलोजी, फिजियोथेरापी, र अमिन विषयको अध्यापन गराउँदै आएको छ। निकट भविष्यमा प्रतिष्ठानमा फार्मेसी विषयको अध्यापनको तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्