हेमन्त शर्माले पहिलोपटक ल्याए मार्मिक दसैं गीत


पालिका पत्र

३ आश्विन २०८१, बिहीबार २०:१३ मा प्रकाशित

काठमाडौं, असोज ०३ । गायक हेमन्त शर्माले दसैं गीत सार्वजनिक गरेका छन्। थुप्रै चर्चित गीतका गायक शर्माले करिअरमा पहिलोपटक दसैं गीत ल्याएका हुन्। बुधबार बिहान सार्वजनिक ”आउँथ्यो दसैं” गीतले स्रोता–दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

गीतमा उनीसँगै मेलिना राईले स्वर दिएकी छन्। दसैंको उमंग र रमाइलो माहोलको कुरा गीतमा गरिएको छ। तिहार, देउसी र भैलोको कुरा समेत समेटिएको छ।

यसअघि भन्दा यो वर्षको दसैं र तिहार निकै रमाइलो भएको भाव गीत र भिडिओमा देख्न सकिन्छ। समग्रमा दसैं र तिहारको उमंग र खुसी बोलेको गीतका शब्द हेमन्तकै हुन्।

शर्माकै संगीत रहेको गीतलाई राकेश सोनीले एरेन्ज गरेका छन्। भिडिओमा हेमन्त शर्मा स्वयंले अभिनय एवं नृत्य गरेका छन्। साथमा रजनी गुरूङ, डोना थापा मगर, ललना चिमरिया र एलिस राई पनि छन्।

भिडिओलाई मौसम हिमालीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्। यसमा पवन सुस्लिङको छायांकन, अमृत चापागाईँको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्