कपिलवस्तु शुद्धोधन गाउँपालिका १ मा ६९.३९ प्रतिशत मतदान, ८ः ३० बजेपछि मत गणना हुने


पालिका पत्र

१६ मंसिर २०८१, आईतवार २०:२५ मा प्रकाशित

बाणगंगा, १६ मंसिर । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका १ मा उपनिर्वाचनमा ६९ दशमलव ३९ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, यस उपनिर्वाचनमा कुल ३,३७९ मत खसेका छन्। यस वडामा कुल ६,८६८ मतदाता रहेका थिए । ३ वटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र स्थापना गरिएको थि

राति ८ः ३० बजेपछि मत गणना हुने तयारी गरिएको छ र मत पेटिकाहरू मतगणना स्थल, पतरिया स्वास्थ्य चौकीमा पुगी सकेका छन्। निर्वाचन प्रक्रिया शान्तिपूर्ण तरिकाले सम्पन्न भएको र यसमा कुनै अप्रिय घटना नघटेको प्रजिअ विश्व प्रकाश अर्यालले जानकारी दिए।

कांग्रेस र एमाले बीच कडा प्रतिस्पर्धा भइरहेको बताइन्छ र मतदाताहरूका अनुसार यस वडामा निर्णायक टक्कर हुनेछ। यो उपनिर्वाचन वडा अध्यक्ष तिलक राम यादवको निधनपछि आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्