कपिलवस्तु, १७ माघ । नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताले आफ्नौ पार्टीको पत्र किर्ते गर्न थालेपछि कपिलवस्तुमा विवाद सिर्जना भएको छ । मायादेवी गाउँपालिकाका कांग्रेस कार्यकर्ता सिडियो भन्ने परमेश्वर पाठकले नेपाली कांग्रेस तरुण विभागको पत्र किर्ते गरेका हुन् ।
किर्ते गरेर उनी आफु तरुण दलको प्रचार तथा प्रकाशन समन्वय सदस्य मनोनित भएको पत्र सार्वजनिक गर्दै सम्मान तथा बधाइ खाइरहेका छन् । उनले आफ्ना सहकर्मीहरु मार्फत सार्वजनिक गराएको पत्रमा प्रष्ट रुपमा किर्ते गरेको देखिन्छ । ३२२/०७७/७८ को चलानी नम्बर भएको पत्रको मिति २०७७/११/४ मा जारी भएको मिति माथि अंग्रेजीमा किर्ते गरि २०८१/१०/३ लेखिएको छ ।
तरुण दलको नेतृत्व नभएको बेला तत्कालिन अवस्थामा तरुण दलको इन्चार्ज थिए कांग्रेस नेता शंकर भण्डारी । पाठकले भण्डारीले हस्ताक्षर गरेको तत्कालिन पत्र माथि किर्ते गरि आफुलाई मनोनित गरेका हुन् । त्यसको पुष्टि तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गले गरिसकेका छन् । गुरुङ्गले आफुले वा आफ्नो संगठनले कपिलवस्तुमा कसैलाई पनि मनोनयनको पत्र नपठाएको बताएका छन् ।
पार्टी संगठनलाई निर्वाचनको समयमा पटक पटक धोका दिएको आरोप लाग्दै आएका पाठक विवादित छविका हुन् । उनले हालै मात्र सम्पन्न संघीय तथा स्थानीय तह निर्वाचनमा पार्टी गठबन्धन तथा संगठन विरुद्ध मोर्चाबन्दी गरेका थिए ।
क्षेत्र नम्बर १ को १ बाट नेपाली कांग्रेस बाट उम्मेद्धर बनेका सहषराम यादव तथा माओवादी संघिय सांसदका उम्मेद्धवार चक्रपाणी खनाललाई हराउन खुलेर लागेका थिए । उनी यस अघि कपिलवस्तु १ को ख प्रदेश सभा क्षेत्र निर्वाचनमा दिपकुमार उपाध्याय प्यानलबाट उम्मेद्धार बन्दा कांग्रेस नेता वलिउद्धिन मुसलमान संग पराजित बनेका थिए ।
किर्ते पत्र बनाएर बधाइ खाइरहेका परमेश्वर पाठक बारे जिल्ला पार्टीमा समेत कारवाहीको छलफल चलिरहेको बताइएको छ । कांग्रेस पार्टी कार्यालयका अनुसार तरुण विभागबाट कुनै मनोनयनको पत्रको बोदार्थ जिल्लालाई नआएको हुदा उक्त किर्ते कार्य गर्नेलाई पार्टीले अनुशासनको कारवाही गर्न सक्ने बताइएको छ ।
किर्ते पत्र देखाउदै तरुण दलको केन्द्रिय प्रचार विभागमा मनोनयन भएको बताउदै हिड्ने पाठकले सामाजिक संजालमा दिएको बधाईमा समेत धन्यवाद दिदै आएका छन् ।