बाणगङ्गामा ‘आमा पाठशाला’ मन्टेश्वरी सञ्चालनमा 


पालिका पत्र

२१ माघ २०८१, सोमबार २०:०७ मा प्रकाशित


बाणगङ्गा, २१ माघ ।
बाणगङ्गा नगरपालिका वडा न. १ स्थित आमा पाठशाला मन्टेश्वरी सञ्चालनमा आएको छ ।  शनिवार सरस्वती पूजाको अवसर परि मन्टेश्वरी शिक्षाको सुरुवात गरिएको हो । 

मन्टेश्वरीको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले मन्टेश्वरीको महत्व र शिक्षा क्षेत्रमा यसको योगदानको चर्चा गरे । उनले   भने, “शिक्षा भनेको समाजको पौराणिक धरोहर हो, र यसका माध्यमबाट हामी हाम्रा सन्तानलाई सशक्त बनाउने कार्यमा जुटिरहेका छौँ । मन्टेश्वरी जस्तो शैक्षिक संस्था सबैका लागि प्रेरणादायक बन्ने छ ।“

कार्यक्रममा बाणगङ्गा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख खिम बहादुर जिसीले आजको दिन शिक्षा र संस्कृतिको महत्त्वलाई पुष्टि गर्ने दिन भएको बताए । उनले आमा पाठशालाले साना बालबालिकालाई सही मार्गदर्शन दिनका लागि आफ्नो भूमिका निभाउ आग्रह गरे । 

मन्टेश्वरीका सञ्चालक राजु उपाध्यायले कार्यक्रमको क्रममा, “आमा पाठशाला मन्टेश्वरीलाई बालबालिकाको मानसिक, शारीरिक र बौद्धिक विकासमा योगदान पुऱ्याउनका लागि स्थापना गरिएको बताए । उनले  साना विद्यार्थीहरूलाई आधुनिक र सांस्कृतिक शिक्षा प्रदान गरिने बताए  ।  उद्‌घाटन कार्यक्रममा बाणगङ्गा नगरपालिकाका विभिन्न प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्