
कपिलवस्तु, माघ २८ । आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा रहेका छन् ।
उनीहरूले इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको भन्दै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रुपैयाँ असुलेर फरार भएका थिए ।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
