बुटवल, असार २३।
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत १५औँ बैठक आज मङ्गलवार दिउँसो १ बजे बस्दैछ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको समूहगत छलफललाई निरन्तरता दिइनेछ। स्वास्थ्य, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, पर्यटन तथा यातायात तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिवालयका अनुसार छलफलअघि विनियोजन विधेयकमाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन्।



