लगातार ३ वर्षसम्म भरतपुर महानरपालिका देशकै उत्कृष्ट


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार २१:१३ मा प्रकाशित

कपिलवस्तु, ०३ माघ ।
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यस बर्ष पनि देश कै उत्कृष्ट पालिकाको मुल्यांकनमा परेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य ६ महानगरपालिकालाई पछाडी पार्दै भरतपुर उत्कृष्ट मुल्यांकनमा परेको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार ३ वर्षसम्म उत्कृष्ट बनेको‌‌ छ।

महानगरका उप–निर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आव २०८२–८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान –कार्य सम्पादनमा आधारित अनुदान वृद्धि भएर जानेछ ।

सो संस्थाले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्दा भरतपुर महानगरपालिका उत्कृष्ट बनेको हो। १७ सूचकहरु मध्ये भरतपुरले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमा अर्थात् भित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे-नगरेको, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएको लगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ। बालेन्द्र शाह ९बालेन०ले नेतृत्व गरेको काठमाण्डौ महानगर भने चौथो नम्बरमा परेको छ ।

आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अकं प्राप्त गरेका छन् ।

चितवन जिल्लाका सात पालिकाहरूमध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७० दशमलव १ प्रतिशत, माडी नगरपालिकाले ६९ दशमलव १ प्रतिशत, खैरहनी नगरपालिकाले ६६ दशमलव ८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

माओवादी केन्द्र की नेतृ तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका ७५३ पालिका मध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फर्यौटलगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको स्पष्ट पारिन । उनले महानगरलाई उत्कृष्ट सावित गर्न खटिनुहुने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उहाँले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताईन ।

संयोग माओवादी केन्द्रका नेताहरुले नेतृत्व गरेका धेरै जसो पालिका उत्कृष्ट बन्दै आएका छन् । माओवादी केन्द्रका नेता भुपाल पोख्रेलले नेतृत्व गरेको धुर्कोट गाउँपालिका यस बर्ष पनि लुम्बिनी प्रदेश मै उत्कृष्ट गाउँपालिकाको मुल्यांकनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्