गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो


पालिका पत्र

३ फाल्गुन २०८१, शनिबार २१:३९ मा प्रकाशित

कपिलवस्तु, माघ ०३ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकातर्फ गुल्मीको धुर्कोट गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । आयोगले गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा धुर्कोट ७६.७ अंक प्राप्त गरी लुम्बिनीका ७३ गाउँपालिकामध्ये पहिलो बनेको हो ।

देशभरका ७५३ स्थानीय तहमध्ये धुर्कोट १० औं स्थानमा छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गर्छ । जसमा असार १० भित्र बजेट पेश गरेरनगरेको, असार मसान्तभित्र बजेट पारित गरेरनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेरनगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे / नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली .(सूत्र) को प्रयोग गरेरनगरेको, आवधिक योजना तर्जुमा गरेरनगरेको, कक्ष १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । यो मूल्यांकन स्थानीय तहबीचको सकारात्मक प्रतिस्पर्धा भएको आयोगको भनाइ छ । आयोगका अनुसार कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दछ ।

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनीमा गाउँपालिकातर्फ उत्कृष्ट ३ पालिका गुल्मीकै छन् । गाउँपालिकामध्ये गुल्मीकै रुरुक्षेत्र ७६.२ अंक प्राप्त गरेर दोस्रो भएको छ भने छत्रकोट ७४.८ अंक प्राप्त गरेर तेस्रो भएको छ ।

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनीका सबै १०९ स्थानीय तहमध्ये उत्कृष्ट १० भित्र गुल्मीका मात्रै ५ स्थानीय तह परेका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ८०.१ अंक प्राप्त गरी लुम्बिनीमै पहिलो भएको छ । दोस्रोमा धुर्कोट र तेस्रोमा रुरुक्षेत्र छन् ।

चौथोमा ७५.२ अंकसहित कपिलवस्तुको बाणगंगा नगरपालिका, पाचौंमा गुल्मीकै छत्रकोट छन् । लुम्बिनीको छैठौ उत्कृष्ट अंक ल्याउने स्थानीय तहमा गुल्मीकै रेसुङ्गा नगरपालिका ७४.४ अंक, सातौंमा पाल्पाको तिनाउ ७४.२, आठौंमा पालपाकै बगनासकाली ७३.७, नवौंमा गुल्मीको मालिका ७३.६ र दशौंमा अर्घाखाचीको छत्रदेव गाउपालिका ७२.५ अंक रहेका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूल्यांकन गरी अंक प्रदान गरिएको वित्त आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्