
चैत्र १ गते । होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा कपिलवस्तु प्रहरीले ५२ जनालाई पक्राउ गरेकाे छ ।
कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीका अनुसार जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने १२२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।