कपिलवस्तु, ५ चैत्र ।
कपिलवस्तु युवा भजन समूहले स्थानीय गौशालामा रहेका गाईहरूको संरक्षण तथा पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यले चापट र दाना वितरण गरेको छ ।
धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त समूहले गौ संरक्षणमा सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यका साथ आवश्यक सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
समूहका संयोजक किरण पन्थीले यस्ता सामाजिक तथा धार्मिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । उनका अनुसार गौ सेवा जस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास गरिएको छ ।
स्थानीय स्तरमा गरिएको यस सहयोगले गौशालामा रहेका गाईहरूको दैनिक पालनपोषणमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
समुहले वाणगंगा नगरपालिका वडा नं. ८ मधुवनमा रहेको गौशालामा सहयोग गरेको संयोजक पन्थिले जानकारी दिए ।
