८ वैशाख, सैनामैना ।
सैनामैनामा स्थायी बसोबास भई मुलुकका विभिन्न क्षेत्रमा आमसञ्चारमा क्रियाशील पत्रकारहरूको पहलमा सैनामैना प्रेस क्लब विधिवत रूपमा गठन भई सोमबार सैनामैना नगरपालिकामा दर्ता भएको छ।
सैनामैनामा सक्रिय पत्रकारहरूको भेलाले केही दिनअघि गठन गरेको क्लबको अध्यक्षमा दीपक न्यौपानेलाई चयन गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा टिकाराम खराल, उपाध्यक्षमा खिमबहादुर खड्का, महासचिवमा सुरेश परियार, सचिवमा बिमल गैरे र कोषाध्यक्षमा अम्बिका परियारलाई चयन गरेको छ । सदस्यहरूमा शिव सुवेदी, राजन गौतम, प्रदीप ज्ञवाली, निश्चल ज्ञवाली र सन्दिका बन्जाडे रहेका छन्।
क्लब गठनसँगै सोमबार सैनामैना नगरपालिकाबाट दर्ता प्रमाणपत्र र प्यान प्राप्त गरी संस्थाले औपचारिकता हासिल गरेको हो।
क्लबका अध्यक्ष दीपक न्यौपानेले संस्थागत रूपमा प्रेस क्लबलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यले नागरिकलाई सुसूचित बनाउनुका साथै स्थानीय तहप्रति अपनत्व र जिम्मेवारी भावना समेत अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।
सैनामैनामा पत्रकारहरूलाई एकीकृत गर्दै पेशागत हकहित, क्षमता अभिवृद्धि र उत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्लब गठन गरिएको जनाइएको छ।
