उद्योग दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


पालिका पत्र

१३ बैशाख २०८३, आईतवार ०७:०४ मा प्रकाशित

बैशाख, १३ कपिलवस्तु ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा महाराजगञ्ज नगरपालिकाको सभाहलमा उद्योग दर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाभित्रका विभिन्न स्थानीय तहका उद्योग तथा वाणिज्य शाखामा कार्यरत कर्मचारीहरूको सहभागितामा आयोजित कार्यक्रममा उद्योग दर्ता प्रक्रिया, चुनौती तथा समाधानका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल बलाम खाँ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मी लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा उद्योग दर्तालाई सहज, छरितो र प्रभावकारी बनाउन आवश्यक सुझावहरू राखेका थिए।
बरिष्ठ उद्योग अधिकृत सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रवण कुमार शैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बृजेश यादवले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्