बाणगङ्गा माविका ३ विद्यार्थीले प्राप्त गरे जिपिए ४.०, समग्र नतिजा प्रभावशाली


पालिका पत्र

28 June, 2025 10:00 pm मा प्रकाशित

बाणगङ्गा, १४ असार –
कपिलवस्तुको बाणगङ्गा नगरपालिका– ८ लौगाईस्थित बाणगङ्गा माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका २०९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयबाट परीक्षा दिएका मध्ये ३ जनाले सर्वोत्कृष्ट GPA ४.०० प्राप्त गर्न सफल भएका छन् भने ३.६ भन्दा माथि GPA ल्याउने विद्यार्थीको संख्या ३९ रहेको छ। यस्तै ३.२ भन्दा माथि GPA ल्याउने ६७ जना, २.८ भन्दा माथि ६८ जना, २.४ भन्दा माथि ३० जना र २.० भन्दा माथि GPA ल्याउने २ जना रहेका छन् ।

यो सफलताको श्रेय विद्यालयमा अध्ययनरत मेहनती विद्यार्थीहरू, समर्पित शिक्षकगण, कुशल प्रशासन, सहयोगी कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा शुभेच्छुकहरूलाइ दिइएको छ ।

विद्यालय परिवारले यस ऐतिहासिक सफलताप्रति गर्व व्यक्त गर्दै सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ । बाणगङ्गा माविका लागि यो नतिजा प्रेरणादायी मानिएको छ र आगामी दिनहरूमा झन उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्