बिजक नम्बरबिनै ५२ लाखका सर्ट बरामद


पालिका पत्र

5 October, 2026 7:12 pm मा प्रकाशित

राम अवतार चौधरी
चन्द्रौटा, १९ असोज । कपिलवस्तुमा बिलमा बिजक नम्बर उल्लेख नभएका ७ हजार १५२ पिस रेडिमेड सर्ट प्रहरीले बरामद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर कोलनी चोकबाट सोमबार बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनर सोमबार बिहान चेकजाँच गर्ने क्रममा सर्ट बरामद गरिएको हो । बरामद सर्टको भ्याटसहित मूल्य ५२ लाख ५३ हजार १४४ रुपैयाँ र कन्टेनरको मूल्य ३० लाख रुपैयाँ रहेको छ ।

कुल मूल्य ८२ लाख ५३ हजार १४४ रुपैयाँको सामान नियन्त्रणमा लिइएको जनाइएको छ । बरामद सामानसहित कन्टेनरलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर पठाउने तयारी गरिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्