सल्यानमा गठबन्धनबीच एक्ला एक्लै चुनाव जाने निर्णय


appharu

18 April, 2022 10:13 am मा प्रकाशित

सल्यान ।
सल्यानमा पाँच दलीय गठबन्धन भत्किएको छ। केन्द्रबाट पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएपनि सल्यानमा भने १० वटै पालिकामा एक्ला एक्लै चुनाव लड्ने गठबन्धन दलले निर्णय गरेका छन् ।

आइतबार बसेको जिल्ला स्तरीय गठबन्धन दलको बैठकले चुनावमा मैत्रिपूर्ण र स्वच्छ प्रतिष्पर्धामा जाने निर्णय गरेको छ । सल्यान काँग्रेस जिल्ला सभापति केश बहादुर विष्टले माओवादी केन्द्रले नमानेका कारण एक्ला एक्लै चुनाव लड्ने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माओवादीका साथीहरुले गठबन्धन गर्ने कुरा मान्नुभएन । उहाँहरुले पहिले नै उम्मेदवार घोषणा गरिसकेका छौँ भन्नुभयो र सहमति नभएपछि मैत्रिपूर्ण रुपमा, गठबन्धन दलबीच आरोप प्रतिआरोप नगरेर चुनाव लड्ने निर्णय भयो ।’

प्रतिक्रिया दिनुहोस्