बुटवलकी डा. दिलाशा मिस नेपालको फाइनलमा, भोट दिएर जिताउन अपील


appharu

२१ जेष्ठ २०७९, शनिबार १०:२९ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपालकै प्रतिष्ठित मानिएको सुन्दरी प्रतियोगिता मिस नेपाल २०२२ को फाइनलमा बुटवलकी डा. दिलाशा डोटेलसहित २४ जना युवती भिड्ने भएका छन् ।

चितवन मेडिकल कलेज सीएमसीबाट एमबीबीएस उत्तिर्ण दिलाशा हाल सोही कलेजमा चिकित्सकका रुपमा कार्यरत छन् । डा. दिलाशा अन्तराष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेसनलको चाइल्ड कोर्डिनेटर र ओरल हेल्थ नेपालके भाइस प्रेसिडेनटको रुपमा समेत सामाजिक क्षेत्रमा क्रियाशील छन् । डा. दिलाशा न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलकी पुर्व विद्यार्थी हुन् । उनले एसईई र प्लस टु न्यू होराइजनबाट उत्तिर्ण गरेको विद्यालयका शिक्षक प्रकाश खनालले बताए ।

दिलाशाले खल्ती डटकम एपमार्फत आफूलाई धेरै भन्दा धेरै भोट दिएर मिस नेपाल २०२२ को फाइनलमा जिताउन अपील गरेकी छन् । आफ्नो फेसबुक पोष्टमार्फत दिलाशाले भोट दिने तरिका सिकाएकी छन् ।

दर्शकले एसएमएसमार्फत गर्ने भोटका आधारमा धेरै भोट पाउनेलाई उपाधि जित्न सहज हुन्छ ।
४ असारमा प्रतियोगिताको फाइनल हुँदैछ ।

मिस नेपाल २०२२ मा अन्तिम २४ जनामध्ये दिलाशासहित ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी छन् ।
मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई उत्कृष्ट र प्रतिष्ठित बनाएको बताए ।
अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।

अन्य प्रतिस्पर्धीहरुमा आकृति शाह, आस्रुती सुवेदी, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया र सुस्मिता बोगटी रहेका छन् ।

मिस नेपाल फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्