प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार


appharu

२८ जेष्ठ २०७९, शनिबार १६:४४ मा प्रकाशित

‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ ले तोके अनुसार नै प्रमुख प्रशासकीय अधिकृतले काम गर्नुपर्ने हुन्छ ।
(क) सभा र कार्यपालिकाको सचिवको रुपमा कार्य गर्ने,
(ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याङ्कन गर्ने, गराउने,
(घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त फछर्यौट गर्ने, गराउने,
(ङ) आयोजनाहरुको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
(च) गाउँपालिका वा नगरपालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अध्यावधिक गर्ने गराउने,
(छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कर्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने,
(ज) कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
(झ) न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गर्ने, गराउने,
(ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
(ट) सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
(ठ) सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

प्रतिक्रिया दिनुहोस्