बुद्धभूमि ५ ले सुत्केरी महिलालाई निशूल्क एम्बुलेन्सको सेवा दिने


appharu

६ श्रावण २०७९, शुक्रबार ०६:५७ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ५ ले सुत्केरी महिलाहरुका लागि निशूल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

वडामा रहेको राजपुर स्वास्थ्य चौकीसम्म आउनका लागि वडाका सुत्केरी महिलाहरुलाई निशूल्क एम्बुलेन्स सेवा दिन लागिएको हो ।

वडाध्यक्ष रोम बहादुर क्षेत्रीले वडा समितिको पहिलो बैठकबाट वडा भित्र रहेका सुत्केरी हुने महिलाहरुलाई यसै वडाभित्र रहेको स्वास्थ्य चौकीसम्म प्रसुती गराउन निशूल्क एम्बुलेन्स सेवा दिन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्