बुद्धभूमि वडा न. ४ स्व–स्थानीय जंगली धान संरक्षण क्षेत्र घोषित


पालिका पत्र

७ जेष्ठ २०८१, सोमबार ०८:४२ मा प्रकाशित


कपिलवस्तु, ०७ जेठ । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा न. ४ मा स्व – स्थानीय जंगली धान संरक्षण क्षेत्र घोषणा गरिएको छ । बुद्धभूमिको बुड्डी प्रतापपुर क्षेत्रमा जंगली धान संरक्षण क्षेत्र घोषणा गरिएको हो । नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले उक्त स्थानमा संरक्षण क्षेत्र घोषित गरेको हो । 


प्रतापपुरमा पाइने जंगली छटर चिन्नी नमको धान संरक्षण गर्न बुद्धभूमिको वडा न. ४ अग्रसर रहेको वडा अध्यक्ष सुशील कुमार चौधरीले बताए । उनले त्यस क्षेत्रका नागरिकलाई संरक्षणमा चासो राख्न आग्रह गरे । वडा न. ४ ले संरक्षणमा जिम्मा लिने पनि उनले बताए । 


उता नेपाल कृषि अनुसन्धान परिषदका धान विज्ञ डा. मुकुन्द भट्टराईले लोपोन्मुख धान संरक्षण गर्न सकेमा निकट भविष्यमा आउन सक्ने भोकमरीका समस्या टार्न सकिने बताए । उनले प्रतापपुर ताल दोस्रो चरणको संरक्षण क्षेत्र भएको बताएका छन् । डा. भट्टराईले नेपालमा जंगली धान कहाँ पाइन्छ भन्दा, कपिलवस्तुको बुद्धभूमि प्रतापपुर तालमा यो धान पाइन्छ भनेर संरक्षणमा लागिएको बताए । उनले यस धानको महत्व सबैले बुझ्न जरुरी रहेको बताए । यो धान संरक्षण गर्न सकेमा खाद्यान्नमा सहयोग पुग्ने उनले बताए । डा. भट्टराईले जतिपनि रोग अवरोधक धानका जातहरू हुन, यस्ता लोपउन्मुख जंगली धानहरुका जिन ट्रान्सप्लान्ट गरेर उपलब्धि हासिल गर्ने सकिने बताए । 

१९६० मा विश्व भोकमरीले आक्रान्त बनेका बेला नेपालमा पाइने यस्ता जंगली धानले पुनः उत्पादनमा सहयोग पुगेको जानकारी दिए । उनले विकास क्रम सँगै हराउँदै गएको यस्ता लोपउन्मुख धान संरक्षण गर्नु पर्ने उनको भनाई छ । यस्ता प्रकृतिका जंगली धान संरक्षण गरेर राख्न सकेमा भावी पुस्तामा प्रजनन गरेर नयाँ जातका धान निकाल्न ठुलो सहयोग पुग्ने बताए । उनले यस क्षेत्रलाई नेपालको जंगली धान पाइने क्षेत्र भनेर सूचिकृत गर्न सकिने बताए । पाल्पा जिल्लाको प्रवास तालमा पनि यसको संरक्षण स्थल घोषण गरिएको छ । यद्यपि त्यहाँ संरक्षण नभएर लोप हुँदै गएको बताईएको छ ।  

प्रतापपुरमा पाइने जंगली छटर चिन्नी नमको धान
प्रतापपुरमा पाइने जंगली छटर चिन्नी नमको धान ।  

प्रतिक्रिया दिनुहोस्