बाणगङ्गा वडा न. ७ ले सुरु गर्‍यो बेमौसमी तरकारी खेती सम्बन्धी तालिम 


पालिका पत्र

२९ माघ २०८०, सोमबार २२:०५ मा प्रकाशित

बाणगङ्गा, माघ २९ ।

 बाणगङ्गा नगरपालिका वडा न. ७ मा बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सञ्चलन गरिएको छ । सोमवार देखी वडाले ७० जना कृषकलाई तालिम दिन थालेको हो । सोहि कार्यक्रमको अवसर पारेर बिउ बिजन समेत वितरण गरिएको वडा सचिव सन्तोष कुमार बैठाले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष विष्णु गिरीले  परम्परागत रुपमा गर्दै आएको कृषिलाई परिमार्जित गर्नुपर्ने बताए । कृषिलाई आधुनिकीकरणमा जोड्दै व्यवसायिक कृषिबाट समृद्धि हासिल गर्न सकिने उनको भनाई छ । उनले कृषिमा लाग्नै व्यक्तिलाई प्रोत्साहन गर्न वडा र नगरले वर्षेनी अनुदान दिदैँ आएको बताए ।

 अधिकांश वडावासी कृषिमा आश्रित रहेको बताउँदै उनले भने, ”जसोतसो जीवन निर्वाह गर्न मिश्रित रुपमा कृषि गर्दै आएका छौँ । त्यसैले पर्याप्त उत्पादन दिन सकेका छैनौं ।” 

उनले कृषिबालीमा लाग्नै विभिन्न रोगहरूको घरेलु रूपमै औषधी बनाएर समेत कम खर्चमा उपयोग गर्न सकिने बताए । उनले कृषि तथा बिउ बिजन सम्बन्धी सम्पूर्ण जानकारी दिलाउन कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रमको सही तरिकाले लाभलिन सहभागीहरूलाई आग्रह गरे ।

 ७० जना कृषकको सहभागिता रहेको उक्त कार्यक्रममा बाणगङ्गा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर केसीले प्रशिक्षण दिएका थिए । वडा सदस्य पार्वती सुनारको स्वागत मन्तव्य रहेको उक्त उद्घाटन कार्यक्रम वडा सचिव सन्तोष कुमार बैठाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्