महानायक अमिताभ बच्चनले गरे समस्यामा परेकालाई सहयोग


appharu

२१ जेष्ठ २०७८, शुक्रबार ०७:२० मा प्रकाशित

एजेन्सी ।
बलिउडका महानायक अमिताभ बच्चनसर्वसाधारणको सहयोगमा सधै अगाडि सर्ने गर्दछन् । केही अगाडि मात्र उनले सर्वसाधारणका लागि २२ करोड रुपैया दान गरेका थिए । अहिले फेरि उनले कोरोनाको कहरले आर्थिक संकटमा रहेका पत्रकारको मद्दत गरेका छन् ।

कोरोनाको कारण कयौ फ्रिलाइन्सर पत्रकार तथा फोटोग्राफर काम नभएको कारण आर्थिक समस्यामा रहेका थिए । समाचारका अनुसार बच्चनले हालै कयौ त्यस्ता पत्रकारको खाना, बिजुलीको बिल, घरको भाडा, बच्चाको फिसलगायत आवश्यक आधारभुत आवश्यकता सबै पुरा गरिदिएका छन् ।

‘बच्चनले केही अगाडि फ्रि​लाइन्सर पत्रकारको मद्दतको इच्छा राखेका थिए । उनीसँग एक लिष्ट पनि थियो । उनी विश्वस्त हुन चाँहन्थे मद्दत सहि ब्यक्तिलाई होस्’ एक च्यानलका चर्चित पत्रकार एस फिदाईले भने ‘उनी चिन्तित थिए ।


मिडियाकर्मीको जुगारा कसरी भइरहेको छ ।’ एस फिदाईका अनुसार बच्चनले पत्रकारको तीन महिनाको आवश्यक खर्च उठाएका हुन् । उनीबाट सहयोग पाउने कम्तिमा २०–२५ बर्ष मिडियामा काम गर्ने फिलाइन्सर पत्रकार रहेका छन् ।

बच्चनले यो सहयोग गुपचुप गरेका हुन् । किनभने उनी पब्लिसिटीमा चाहँदैनन् । किनभने यस अगाडि कोरोना संकटमा दान र डोनेट गरेको कारण उनी ट्रोल समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्