सुनवल युनाइटेडद्वारा विद्यार्थीलाई सम्मान


appharu

२ आश्विन २०७९, आईतवार १६:४६ मा प्रकाशित

पालिकापत्र,सुनवल । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलले स्क्रेबल प्रतियोगिताका उपविजेता विद्यार्थीलाई सम्मान गरेको छ । गैंडाकोटमा आयोजित जिल्लास्तरीय अंग्रेजी स्क्रेबल प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने मिसन पंगेनी र तेस्रो स्थान हासिल गर्ने अंकित बि.क लाई विद्यालयले सम्मान गरेको हो । प्रतियोगितामा उत्कृष्ट भएका सुनवल युनाइटेडका दुवै विद्यार्थीहरु आगामी मंसीर महिनामा आयोजनाहुने राष्ट्रीय स्तरको अंग्रेजी स्क्रेबल च्याम्पियनसीपमा छनैेट भएका छन् । अंग्रेजी स्क्रेबल प्रतियोगिताले विद्यार्थीहरुको तिब्र गतिमा नयाँ अंग्रेजी शब्दहरु निर्माण गरी शब्दकोष क्षमता बृद्धि गरी शैक्षिक विकासमा महत्वपूर्ण सफलता प्रदान गर्ने प्रतियोगिता मानिन्छ । हाल सुनवल युनाइटेड स्कुलका लगभग ५० भन्दा बढी विद्यार्थीहरुले अंग्रेजी स्क्रेबलको ज्ञान हासिल गरिसकेका प्रिन्सिपल धनराज चापागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्