सियारी गाउँपालिका अध्यक्षको घरमा भेटियो प्रेसर कुकर बम


पालिका पत्र

15 April, 2023 2:03 pm मा प्रकाशित

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो ।

बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउंमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्