कोरोनाका कारण उपमेयर चौधरीको मृत्यु


appharu

४ जेष्ठ २०७८, मंगलवार ११:४६ मा प्रकाशित

सप्तरी ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर स्थित विराट नर्सिङ होम तथा विराटनगर अस्पतालमा मंगलवार विहान ४ वजे उहाँको मृत्यु भएको हो ।

दुई साता अघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकीमा एन्टिजेन परिक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

गर्भवती समेत रहेकी उहाँलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको परिवारका सदस्ले जानकारी दिएका छन् । १० दिनअघि अस्पताल भर्ना हुनुभएको उहाँलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि भन्टिलेरमा सारिएको थियो । ३ दिन अघि मात्रै उहाँको पेटमा भएको वच्चा पनि मृत अवस्थामा निकालीएको थियो ।

वच्चाका कारण पनि उहाँलाई थप असहज भएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । मृतक चौधरीका पति र ७ वर्षिय एक छोरा छन् । योसहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्