त्रिवेणी गाउँपालिका अध्यक्षले दिए आफु चढ्ने गाडी कोरोना संक्रमित बोक्न


appharu

१४ जेष्ठ २०७८, शुक्रबार ०८:३३ मा प्रकाशित

रोल्पा ।
रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी कोरोना संक्रमित बोक्न उपलब्ध गराइएको छ । कोरोना संक्रमितहरु बढ्दै गएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग हुने भएको हो ।

गाउँपालिकामा रहेको एम्बुलेन्सले अन्य बिरामी र सुत्केरी पनि बोक्ने भएकाले गाउँपालिका कर्मचारी र जनप्रतिनिधि चढ्ने गाडी कोरोना सङक्रमित बोक्न प्रयोगमा ल्याइएको अध्यक्ष शान्त कुमार वलीले बताए ।

गाउँपालिका प्रेस संयोजक प्रतिज्ञा मगरका अनुसार हाल गाउँपालिकामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना निको भएका छन् र १ जनाको मृत्यु भइसकेको छ । अहिले ४५ जना सक्रिय संक्रमित छन् भने ५ जनाको आइसोलसनमा उपचार भइरहेको छ ।

गाउँपालिकाले आवश्यक परे गाडी चालकलाई सम्पर्क गर्न आग्रह गरेको छ । कुनै समस्या परे चालक अमर बिकको मोबाईल नम्बर ९८४४५७४१३४ मा सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्