स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर


appharu

१४ जेष्ठ २०७८, शुक्रबार ०८:४७ मा प्रकाशित

काठमाडौं ।
तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो ।

कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गरे।

यसैगरी लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

क्लबका अध्यक्ष सरोज भण्डारीलगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिककार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताए ।

“नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अक्सिजन अभाव हुन नदिन रु एक लाख २७ हजारको उपकरण सहयोग गरेका हौँ”, उनले भने। नगरप्रमुख न्यौपानेले संस्थाले विगतमा गरेको सामाजिक क्रियाकलापको उच्च मूल्याङ्कन गर्दै सामाजिक काममा आफूलाई सदैव क्रियाशील राख्न आग्रह गरे। रासस

प्रतिक्रिया दिनुहोस्